AK 47 र पाँच राउन्ड गोलीको साथ बागडोगरा हवाई अड्डाबाट पक्राउ परेका भुटानका नागरिक ४४ वर्षीय टाँसी सेयरिङलाई आज बागडोगरा थानाका पुलिसले सिलिगुडी महकुमा अदालतमा पेश गरेको छ।अभियुक्तलाई रिमाण्डमा लिएर अझै सोधपुछ गरिने थाना सूत्रबाट थाहा लागेको छ। हिजो भुटानबाट विमानमा बागडोगरा उत्रेर यहाँबाट चेन्नई जाने क्रममा हवाई अड्डाका सुरक्षाकर्मीहरूले उनको बेग‌ जांच गर्दा एके‌ ४७ र ५ राउन्ड गोली उद्धार गरेका थिए। हिजो नै उनलाई बागडोगरा थानाका पुलिसले सोधपुछ गरेपछि आज सिलिगुडी महकुमा अदालतमा पेस गरियो।

Comments