सिलिगुढीमा टियुसन पढाउँदा बालिका संग यौन उत्पिडन गर्ने शिक्षक मोहम्मद आलमलाई सिलीगुड़ी थानाका महिला पुलिसले पक्राउ गरि आज सिलीगुड़ी महकुमा अदालतमा पेस गरियो। उक्त आरोपी शिक्षकलाई पक्राउ गर्ने माग विभिन्न राजनीतिक दल र सामाजिक संगठनहरुले गरिरहेका थिए। आरोपी शिक्षक प्राइभेट अस्पतालमा भर्ना रहेका थिए। उनको नाकमा चोट लागेको थियो भन्ने जान्नमा आएको छ। प्राइभेट अस्पतालबाट छुट्टी दिएपछि पुलिसले उसलाई पक्राउ गरेको थियो। आज सिलीगुड़ी महकुमा अदालतबाट आरोपी शिक्षकलाई रिमान्डमा लिएर अझै सोधपुछ गरिने छ। आरोपी शिक्षक मोहम्मद आलमले आज सिलीगुड़ी अदालत बाहिर आफू निर्दोष रहेको बताएका छन्।

Comments