Skip to main content
भारत नेपाल सीमा पानीट्याङ्कीबाट मादक पदार्थको साथ एकजना युवकलाई एसएसबीका जवानहरुले पक्राउ गरेका छन्। पक्राउ परेका युवक किसनगंज निवासी २४ वर्षीय सुभम आलम रहेको बताइएको छ। एसएसबी जवानहरुले एउटा चार चक्का गाडी रोकेर तलासी गर्दा गाडीबाट कफ सिरप, ब्राउन सुगर, गाँजा र ६ लाख रुपैयाँ नगद उद्धार गरेका छन्। एसएसबीले आरोपीलाई खोरीबारी थानाको हातमा सुम्पेको छ। पुलिस जाँचमा जुटेका छन्।
Comments
Post a Comment